आखिर एस्तो किन ?
2010 जनुअरी 10 पुष को महिना थियो भर्खर मा भारत बाट सात साल पछि घर जादै थिए बिहान को ४ बजे नेपाल र भारत (सुनौली) सीमाना काटेर आफ्नो देश नेपाल लाई नमस्कार गर्दै मन मा उठे का उमंग लाई खुशी संग रमाउदै बुटवल हुदै आफ्नो घर को तर्फ बढी रहे को थिए I फेरी मलाई बुटवल मा बस बदल्नु परयो बिहान को ५:१५ भए को थियो म बस पार्क मा उत्रीए अनि मलाई बिहानी को चिसो हवाले मेरो मन निकै हर्क ले खुशी भै रहे को थियो I आखिर तेस्तो किन न हुने नि सात वर्ष पछि जो जादै थिए तियो बेला को खुशी त म बर्णन त गर्न सक्दै न I फेरी तेहा मलाई चिया पिन मन लागियो (तपाई आफै कल्पना गर्नुहोस न तियो समय हात मा चिया हुदा)
म चाही पसल तिर लागे अनि पसले लाई भने:
म ------- दाजी एक कप चिया बनाउनु होस् न :
पसले ----- भर्खरै बनाउछु बस्नुहोस न भाई:
(पसले को बोलि पनि कती मिठो थियो)
पसले ----- ल भाई लिनुहोस् है चिया
म --------- दाजी एक बिस्कुट पनि है त
पसले ---- ल लिनुहोस् ( Parle को बिस्कुट थियो)
केहि छिन् पछि
म --------- कति भयो त बिल ?
पसले ---- २२रुपैया :
म ---------- कसरी
पसले ------- १२ रुपया चिया को अनि १० रुपया
साथी हरू हो एक छिन् त मलाई अचम लागियो एक रोड म बसी चिया तो पिए को छु कुनै ५ स्टार होटल त होइन, आखिर एती महँगो किन ? (आखिर एस्तो किन ?) केहि छिन् पहिले त म ३ रुपिया चिया पिदै आए को छु भारत मा अनि नेपाल मा एस्तो ? फेरी मा आफ्नो calculation तरफ लागे भारत को ३ रुपया नेपाली ४.८० भयो अनि भारत को २.५० को बिस्कुट नेपाली ४ रुपया हुन पुगियो अनि सारै खर्च लगाउदा चिया को ६ रुपया र बिस्कुट को ५ रुपया हुनु पर्ने हो ( साथीहरू हुन सक्छ मेरो हिसाब गलत होला ) अनि म पसले लाई सोधे दाजी आखिर येह एस्तो महंगाई किन भन्दा पसले ले भने बाबु के गर्ने एती त हामी लाई लिनु पर्छ नि त बाबु नेपाल को महंगाई धेरै छ एउटा सेलेंदर (खान बनाउने गेस) पनि त हामी ले रु.१२५० हाल्नु पर्छ चिनी रु. ८५ म किनु पर्छ तेस्मा दुध चियापति र हाम्रो लगानी तियो कुरा सुन्दा त मलाई पनि निकै नै दु:ख लागियो किन भने हामीले भारत मा त सिलेंदर रु. ३५० लिने गर्थियो अनि नेपाली त ५६० मात्र हुन्थियो तर हामीले भारत नेपाल सीमाना बाट लैजादा दुइ गुना भंसार तिर्नु पर्छ अनि लिएर गय को अलग खर्च हो भन्दा त I अब तपाई आफै सोच्नुहोस गल्ति कहाँ भैरहेको छ त ?
हामीले भारत लाई कति Income देइ रहे को छ क हामीले तियो Tax लाई कम गर्न सकिदैन के नेपाल मा LPG गेस बनाउन सकिदैन र ? साथी हरू हामीले त मिहिनेत त गर्छो तर हाम्रो मिहिनेत कोइ अरु लिएर गइ रहे को छ के हाम्रो नेपाल मा कुटिर उद्योग छैन र भारत को रु. २.५० बिस्कुट लाई हामीले रु. १० लगाउनु पर्ने छ र ? ( अनि साथी मा घर पुगे पछि आफ्नै गाउँको पसल (अर्घतोष) मा चिया पिए अनि तेहा को बिल हेर दा रु. ६ पर्ती कप थियो मलाई देरै खुशी लागियो किन भने आफ्नै घर बाट गाई भैसी पाली धुद उत्पादन गरेको गेस को जगा दाउरा जलाई चिया बिक्रि गरि रहे को, तेही त तियो नेपाल को शुद आम्दानी) कति फरक रहेछ गाउँ अनि सहर मा) साथीहरू अब हामी पनि जाग्नु पर्छ, नेपाल को सारै जनता जाग्नु पर्छ सबै भन्दा पहिले हामीले आफनै देश मा लघु तथा कुटिर उद्योग लाई अगाडी बढाउ नु पर्छ I आफ्नै देश मा बनेका सामग्रीलाई धेरै भन्दा धेरै इस्तोमाल गरि विदेश मा बनेका सामग्रीलाई कम भन्दा म इस्तोमाल गर्नु पर्ला आफ्नो देसको सामग्रीलाई सकेसम विदेश मा पुराउने कोसिस गर्नु पर्ला किन भने म तपाइलाई पहिले भनिसके (भारत को रु.२.५० बिस्कुट लाई नेपाली रु.१० दिने पर्न्रे) I
अब हाम्रो देश कसरि आगाडी बढ्छ त ?
सबै भन्दा पहिले आफ्नो देश मा निर्भर भइ बिदेसी सामग्रीलाई कम भन्दा कम इस्तोमाल गर्ने र लघु तथा कुटिर उद्योग लाई अगाडी पुराउने प्रयास गर्नु पर्छ study मा पनि Information Technologies लाई धेरै महत्तो दिनु पर्छ I आज को हाम्रो देश भने को राजनीतिको देश भैरहे को छ कहिले को आम हर्ताल, कहिले को चक्का जाम कहिले को जिल्ला बन्द कहिले अंचल बन्द इसले गर्दा आम जनता लाई आफ्नै छाक टार्न मुस्किल भैरहे को छ कलकारखाना बन्द हुदा आम जनता कहाँ जाने ? स्कूल हरू बन्द हुदा बिद्द्यार्थी को भविस्य बिग्रि रहे को छ हाम्रो देश को भबिस्य भन्नु नै बिद्द्यार्थी हो त आखिर एस्तो किन ? आज क राज नेताहरू वह देश लाई अगाडी बढाउ ने हो भने आम हर्ताल बन्द गर जनता लाई आफ्नै पेसा लाई अगाडी बढाउने समर्थन देउ study लाई अगाडी लेउ विदेश बाट आउने सामग्रीलाई Tax कम गरौ र सबै भन्दा ठोलो कुरा के छ भने आफ्नै देश आफ्नो जरुरत को सामग्रीलाई आफ्नै देश मा उत्पादन गरौ र बिदेसी सामग्रीलाई कम भन्दा कम इस्तोमल गरौ अनि हाम्रो देश उत्पादन गरेको सामग्रीलाई अंतरराष्ट्रीय बजार मा उतार्नु कोसिस गरौ येही म लक्ष्मन् नेपाली (अर्घाखाँची अर्घतोष चिदीपानी) को भनाइ छ I